पहिरोले मुग्लिन–नौबीसे सडक अवरुद्ध

फाइल तस्बिर

मुग्लिन – पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबीसे सडक खण्ड अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्