कक्षा १२ को परीक्षा आजदेखि, देशभर चार हजार ३१५ केन्द्र

फाइल तस्बिर

काठमाडौँ – कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण पटक–पटक स्थगित भएको परीक्षा अन्ततः बुधबारदेखि हुने भएकाे हाे ।

प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको थियो र अधिकांशले खोप लगाएपछि परीक्षा हुन लागेको हो ।
कक्षा १२ को परीक्षामा यो वर्ष तीन लाख ७४ हजार १२५ विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयबाट दिने छन् । देशभर चार हजार तीन सय १५ केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । परीक्षाकाे सबै तयरी पूरा भइसकेकाे उनले बताए ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्