प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

वीरगञ्ज – प्रतिबन्धित भारतीय नोटसहित एक युवक पक्राउ परेका छन्।

पर्साको बहुदरमाइ नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले शर्मालाई वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका उनलाई चेकजाँच गरिएको थियो।

चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५०० को २९६ थान रु.१०० को नोट ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका शर्मालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने खनालले बताए।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्