खर्पनबाट,

परालले बाँधेको एक मुठा रायोको साग

मैतिर फ्यात्त फालेर,

तुईसिँह चालीस रूपैया गोजीमा हाल्छन् ;

आफ्नै लयमा मलाई सोध्छन्-

‘माड्साब ! ‘फटिमा’सँग ‘नेटा’ बिकेर ल्यायो रे ‘कटिमा’ ?

म चुपचाप महङ्गो रायोको

सानो मुठा बोकेर

कोठामा आउँछु र आफैलाई

ठूलो प्रश्न सोध्छु-

हैन यो एमसिसी महङ्गो कि

तुइसिँहको रायोको साग ?

शान्त भएर सोच्छु-

शायद सबै महङ्गा बस्तु अहितकर हुन्नन्

          सबै सस्ता बस्तु पनि हितकर हुन्नन् ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्