दुई कराेड पर्ने सुनका गरगहनासहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गरगहनासहित दुईजना पक्राउ गरिएको छ।

विमानस्थल प्रहरीका अनुसार श्री एयरलाइन्सको उडानमार्फ काठमाडौँबाट विराटनगर जान लागेका दुई यात्रुलाई आवश्यक प्रक्रिया नपु¥याई लैजान लागेको सुनका गरगहनासहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले कैलालीको बदगोरिया गाउँपालिका– १ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपहानगरपालिका– २ घर भएका ४७ वर्षीय मुरारीराज अधिकारीलाई २ करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरको तीन हजार ३६० ग्राम सुनका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा चेकजाँच गर्ने क्रममा उनीहरुले लिई आएको व्यागेजमा उक्त सुनका गरगहना भेटिएको थियो।

आवश्यक प्रक्रिया पुरा नगरी सुनका गरगहना लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्