प्रदेश १ मा गत २४ घण्टामा ४७९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ८१ जनाको पीसीआर परीक्षणमा ३ सय २० र ६ सय ९४ जनाको एन्टिजेन परीक्षणमा १ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय १३, झापामा १ सय ४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा समान ४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा समान १३, लेटाङमा ८, बूढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा समान २, उर्लाबारी, रंगेली र ग्रामथानमा समान १ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा ७, गौरादह र भद्रपुरमा समान ६, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा समान ५, हल्दिबारीमा ३, झापा गाउँपालिकामा २, शिवसताक्षीमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ४ र सहिदभूमिमा १, इलामको चुलाचुली र माईमा समान १ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा २, त्रियुगा र उदयपुरगढीमा समान १, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा समान १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

अर्कोतर्फ , प्रदेशमा बुधबार २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा १ सय ३९ महिला र १ सय ७ पुरुष छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्