आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

फाइल तस्बिर

दैलेख – बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन्। कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुवैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो।

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्यावासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन ३६ वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए।

‘बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ । जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ’, टीकाकुमारीले भनिन्, ‘पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ।’

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्