थप १५११ जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ।

बिहीबार १ हजार ६८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार २०८पीसीआर तथा ३ हजार ९७१ एन्टिजेन परीक्षण भएको छ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्