प्रदेश १ मा थप ४८८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ४६ जनाको पीसीआर परीक्षणमा ३ सय ४७ र ६ सय १४ जनाको एन्टिजेन परीक्षणमा १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा १ सय ४८, मोरङमा १ सय २२, सुनसरीमा ६१, धनकुटा र इलाममा समान ५, भोजपुर, उदयपुर र संखुवासभामा समान १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ।

झापाको बिर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा समान १०, बुद्धशान्ति र भद्रपुरमा समान ६, बाह्रदशी र हल्दिबारीमा समान ४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा समान २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बूढीगंगा र कटहरीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा समान १, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा समान १, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा समान १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बिहीबार २ सय ६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा १ सय ३० महिला र १ सय ३१ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिला र ३ पुरुष गरी कुल ५ जनाको मृत्यु भएको छ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्