ट्रक दुर्घटनामा चालकको मृत्यु

सांकेतिक तस्बिर।

दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन्। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो। मृतकको शव दमौली अस्पतालमा राखिएको छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्