अनिष ओकिलीको ‘सरिताको दिदी’ मा एसराज र प्रनिमाको रमाइलो

काठमाडौँ – गायक अनिष ओकिलीले ‘सरिता दिदी’ बोलको गीत ल्याएका छन्। उनको आधिकारीक युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको हो।

अनिष कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूहका गायक हुन्। गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा नायक एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीले अभिनय गरेका छन्।

सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको ‘मेरी ओकिली, गुलाबी जाडो, झ्यालबाट हेरी’ लगायतका चर्चित गीतहरू रहेका छन् ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्