दशौँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ आजबाट

काठमाडौँ– ‘नेपाल–युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल २०७८’ आजबाट सुरु भएको छ। कोरोना महामारीबिच भएको दशौँ संस्करण ‘फेस्टिभल स्कोप’ मार्फत भर्चुअल रुपमा आयोजना हुँदैछ।

नेपालस्थित युरोपियन युनियनद्वारा आयोजित महोत्सवमा विभिन्न १४ युरोपियन देशका १५ चलचित्रका साथै अन्य २४ चलचित्रहरु प्रदर्शन हुनेछन्। नेपालका आमा कान्डो, बुलबुल, को हजबेन्ड, सरिता – टेल मि हु आइ एम, स्पिस्ट इन्ड गरी ५ ओटा चलचित्र प्रदर्शन हुनेछन्।

महोत्सवमा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिएका छन्। यस वर्षको संस्करणमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको छ।

नेपाल र युरोपियन युनियनबिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुँदै आएको छ। महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ।

 

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्