त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खला

नेपालले अमेरिकासँग पहिले ब्याटिङ गर्ने

काठमाडौँ- विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र अमेरिकाबीच ओमानमा शुक्रबार केही बेरमा खेल सुरु हुँदै छ।

ओमानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो।

गत सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो। मंगलबार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो।

लिग–२ मा ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्