डेढ वर्षमै सरकारले फिर्ता गर्‍यो प्रत्यारोपण केन्द्रका निर्देशक ज्ञवालीलाई

काठमाडौँ– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक रहेका डा. प्रेमराज ज्ञवाली जिम्मेवारीमुक्त भएका छन्। उनलाई नियुक्तिको डेढ वर्ष पनि नपुग्दै सरकारले फिर्ता बोलएको हो।

गएको भदौ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल फिर्ता गर्ने निर्णय गरेको हो।

डा. ज्ञवाली तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा प्रत्यारोपण केन्द्रमा ४ वर्षका लागि निर्देशक नियुक्त भएका थिए।

उनी २०७७ वैशाख २६ गते केन्द्रको निर्देशक नियुक्त भएका थिए।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्