मेटमणि चौधरीको नेतृत्वमा समाजवादीले बनायो लुम्बिनी प्रदेश कमिटी

बुटवल – नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी बनाएको छ।

प्रदेश कमिटीको प्रथम बैठकले दाङका चौधरी अध्यक्ष, रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहनेगरी प्रदेश कमिटी बनाएको सचिव राजु गुरुङले जानकारी दिए।

उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि पूर्णता दिनेछ। भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठक गर्ने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लाको संगठनको अवस्थाबारे ब्रिफिङ गरेको उनले बताए।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्