हिमालयन बैंकले दियो बानेश्वर प्रहरीलाई दुईवटा कम्युटर

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर लाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैँकले एक लाख १० हजार रुपैयाँ बराबरको दुई थान कम्प्युटर सेट सहयोगस्वरूप प्रदान गरेको हो।

बैंकका तर्फबाट बैँकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्