कप्तान ज्ञानेन्द्र मल्लले बनाए अर्धशतक

फाइल फोटो

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेलमा अर्धशतक बनाएका छन्।

अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान मल्लले उनले ९१ बलमा ३ चौकासहित अर्धशतक बनाएका छन्।

कप्तान मल्लले एकदिवसीय खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन्। अहिले नेपालका लागि कप्तान मल्ल र करण केसी ब्याटिङ गरिरहेका छन्।

अमेरिकासँस टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै ४३ ‌ओभरमा ७ विकेटको क्षतिमा  १५९ रन जोडेको छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्