कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील भोलिसम्म टुंग्याउने

काठमाडौँ – कांग्रेस नेताहरुले क्रियाशिल सदस्यता टुंगिन बाँकी रहेका १३ जिल्लाको विवाद चाँडै समाधान गर्ने समझदारी गरेका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकले शनिबार साँझसम्म बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता पनि टुंग्याएर असोज ५ गतेभित्र वडा अधिवेशन सक्ने सहमति भएको हो।

शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले छलफल गरीले छिटो क्रियाशिल विवाद अन्त्य गर्ने प्रतिबद्धतता जनाएका हुन्।

छलफलमा नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, मिनेन्द्र रिजाल पनि सहभागी थिए।

दुई नम्बर प्रदेशका आठ जिल्लासहित बाँके, कैलालीलगायतका जिल्लाको क्रियाशिल सदस्यता विवाद बाँकी नै छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्