नेपाल १७४ रन बनाएर अलआउट

ओमानमा भइरहेको त्रिदेशीय एक दिवसीय विश्वकप लिग – २ मा अमेरिकाबिरुद्ध ब्याटिङ गरेको नेपाल १७४ रन बनाएर अलआउट भएको छ। नेपालले ४८ ओभर खेल्दै सबै विकेट गुमाएको हो।

टोलीका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले ५५ रन बनाउने क्रममा १०५ बल खेल्दा तीन चौका प्रहार गरेका हुन्।

गुलशन झाले डेब्यु खेलमै ज्ञानेन्द्रलाई बलियो साथ दिए  जहाँ उनीहरु मिलेर ५१ रनको साझेदारी गरेका थिए। ५३ बलमा १ छक्का र २ चौकासहित गुलशनले २८ रन बनाएका थिए।

ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएका थिए भने करण केसीले १० र सन्दीप लामिछानेले ११ रन बनाए। आशिफ शेख (३ रन), रोहित पौडेल (२ रन) र विनोद भण्डारी (१० रन) सबै एकपछि अर्को धराशायी हुँदा नेपाल १७४ रनमा सीमित भएको हो।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्