पेले आइसियूमा, स्वास्थ्यमा सुधार भइरहेको छोरीको भनाई

ब्राजिलियन फुटबल लेजेण्ड पेलेको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार भइरहेको उनकी छोरीले बताएकी छन् ।

हालै उनको आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि शल्यक्रिया भएको थियो । त्यसपछि उनलाई केही समय आइसियूमा राख्नु परेको थियो । तर स्वास्थ्यमा राम्रो सुधार भइरहेको छोरी केली नास्कीमेन्तोले बताएकी हुन् ।

८० वर्षका पेलेलाई बुधबार आइसियूबाट निकालिएको थियो । साउ पाउलोमा रहेको अल्बर्ट आइन्स्टाइन हस्पिटलले पेलेलाई पुनः भर्ना गरिएको जानकारी दिएको छ ।

सावधानी स्वरुप उनलाई पुनः आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ । पेले गएको अगस्ट ३१ देखि अस्पतालमा छन् ।

 

View this post on Instagram

 

A post shared by Kely Nascimento (@iamkelynascimento)

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्