व्यंग्य गजल

झर्न थाले अरे

भँगेरालाई दानापानी छर्न थाले अरे
खाँदै जाँदा जाल भित्र पर्न थाले अरे।।

चाखि हेर्दा पहिले स्वाद लाग्यो बहुत
सिसिको रसले गिलास भर्न थाले अरे।।

अड्कियो घाँटीमा निल्न सकस पर्‍यो
निलौँ ओकलौँ दोधारमा पर्न थाले अरे।।

खान्न भन्दा भन्दै कोच्याइ ल्याए भने
निलाउनलाई जोर जबर गर्न थाले अरे।।

तँछाड मछाड पहिले लाइन पालो कुरी
डण्डा देख्दा पछि पछि सर्न थाले अरे।।

झरफर भेट्टाए पहिले सान मान बढ्यो
छाताले घोच्लान् जिउमा डर्न थाले अरे।।

हस्तिनापुरको रजाइँ वा माटो मुनि बास
सुरुवाल सारि गहिराे नदी तर्न थाले अरे।।

सुन्दर शान्त ठाउँ थियो नासो धरौट छैन
आफ्नो औकात बिर्सिएर झर्न थाले अरे।।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्