काठमाडौँ – काठमाडौँ उपत्यकामा विशेष रुपमा मनाइने ईन्द्रजात्रा अन्तर्गत शनिबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा शनिबारदेखि नै सुरु भएको हो ।

बसन्तपुरमा शनिबार ५४ जना कुमारीको पूजा गरिएको हो । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्रा धुलिखेल र दोलखासहितका स्थानमा पनि मनाइन्छ ।

पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुमारी पूजाका केही तस्बिर खिचेका छन् ।