बसको ठक्करबाट दोलखामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

चरिकोट – दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजिता थामी घाइते भएका छन्। मोटरसाइकलमा तीन जना सवार थिए। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडाैँ लगिएको छ।

भीमेश्वर मन्दिर दर्शन गरी काठमाडाँै फर्कन लागेको बा३ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्