मुख्यसचिवसहित १९ जना सचिवलाई पदक, प्रधानन्यायाधीश , प्रधान सेनापतिदेखि प्रहरी महानिरीक्षकसम्म पदक पाउने सूचीमा

फाइल फोटो।

काठमाडौँ- राष्ट्रपतिले हरेक वर्ष प्रदान गर्ने पदक, विभूषण तथा अलङ्कारमा राज्यका विभिन्न निकायका नेतृत्वकर्ता  अधिकारीहरु छुट्दैनन्। यस वर्षपनि आइतबार घोषणा गरिएको सूचीमा त्यसले निरन्तरता पाएको छ।

९ सय ३ जनाले पदक, विभूषण तथा अलङ्कार पाउने सूचीमा नेपाल सरकारका मुख्य सचिवसहित १९ जना सचिवहरुको नाम छ। मुख्यसचिव शंकरदास वैरागीलाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यो पदक पाउने छन्।

महान्यायधिवक्ता खम्मबहादुर खाती र महालेखा परीक्षक टंकमणि शर्माको नाम पनि उक्त पदक पाउने सूचीमा छ। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र शसस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सूकीर्तिमय राष्ट्रदीप पाउने छन्। नेपाल सरकारका पाँच जना सचिवले पनि सूकीर्तिमय राष्ट्रदीप पाउने सूचीमा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका महेश्वर न्यौपाने र लक्ष्मण अर्याल, उपराष्ट्रपतिको कार्यालयमा रहेका रामकृष्ण सुवेदी, परराष्ट्र  मन्त्रालयमा रहेका भरतराज पौडेल र कृषि मन्त्रालयमा रहेका कृष्णप्रसाद आचार्यले यो पदक पाउने छन्।

यसैगरि १८ जना सचिवले सूप्रबल जनसेवाश्री पाउने छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका बैकुण्ठ अर्याल, निर्वाचन आयोगका तोयानारायण ज्ञवाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तोयम राया, उद्योग मन्त्रालयका दिनेश भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका धनराज ज्ञवाली, अर्थमन्त्रालयका मधुकुमार मरासिनी, कानुन मन्त्रालयका उदयराज सापकोटा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका गणेशप्रसाद पाण्डे, खानेपानी मन्त्रालयका प्रमिलादेवी शाक्य वज्राचार्य, राष्ट्रिय योजना आयोगका केबलप्रसाद अधिकारी र  शिक्षा मन्त्रालयका सुरेश आचार्य सूप्रबल जनसेवा श्री पाउने सूचीमा छन्।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्