काठमाडौँ-  संविधान दिवसका दिन राजधानीका विभिन्न स्थानमा संविधानबिरुद्ध प्रदर्शन तथा जुलुसहरु निकालिएका छन्।

राजधानीको माइतीघरबाट सुरु भएको एउटा प्रदर्शनमा राताम्ये नेपाली झण्डाहरु बोकेका प्रदर्शनकारीहरुले २०७२ सालको संविधान जलाएका थिए।

उनीहरुले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिरहरु राखेर संविधानबिरुद्ध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागू गर्न माग गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने जिकिर गरेका थिए।

देशसञ्चारका फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

: