हुम्लामा कोरोना संक्रमितको संख्या शून्य

सिमकोट– हिमाली जिल्ला हुम्लामा कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।

यसअघि संक्रमित भएकाहरु संक्रमणमुक्त भइसकेका र नयाँ संक्रमित नथपिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति अधिकारीले जानकारी दिए।

उनले सात वटै गाउँपालिकामा स्थापना गरिएका आइसोलशनमा रहेका संङ्क्रमित सबै निको भएर घर फिर्ता भएसँगै हाल जिल्लामा संक्रमित नरहेको उनले बताए।

हाल कोरोना परीक्षण पनि घटेको उनको भनाइ छ। परीक्षण किट र उपकरण पर्याप्त भएको हुँदा जुनसुकै बेला पनि कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

केहीको कोरोना परीक्षण गरिएको भएपनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितहरु निको भएर घर फर्किएसँगै आइसोलेसन सेन्टरहरु खाली एका छन्।

हुम्लामा हालसम्म कुल ३९९ जनामा कोरोना संक्रमण देखिएकोमा ३९४ संक्रमणमुक्त भएका छन् भने पाँच जनाले ज्यान गुमाएका छन्।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्