रियलमीका ४ उत्पादन नेपाली बजारमा

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादन भित्र्याएको छ।

कम्पनीले आकर्षक मूल्यमा रियलमी सी–११, २०२१, टिकाउ ब्याट्री र ‘गेमिङ रेडी प्रोसिजर’ भएको रियलमी सी–२०, ट्रिपल क्यामेरासहित रियलमी सी–२०२१ र ‘फ्ल्याङसिप रियलमी ८ नेपाली बजारमा ल्याएको हो।

‘लिप प्रोग्राम’मार्फत उत्कृष्ट डिजाइन, पर्फरमेन्स र गुणस्तरीय उत्पादन निकाल्नेमा कम्पनी विश्वस्त छ। नवीन प्रविधि प्रयोग गरिएको रियलमीका उत्पादन नेपालभरि हजारभन्दा धेरै स्टोरका साथै दराजमा पनि उपलब्ध छ। यी ४ उत्पादनबाहेक रियलमी दसैँअघि रियलमी सी २१ वाई र केही ‘सरप्राइज’ लिएर आउने कम्पनीले जनाएको छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्