‘पूर्वाधारका क्षेत्रमा लगानी गर्दा स्रोत खोजिने छैन भन्ने व्यवस्थाले कालो धनलाई वैध बनाउँछ’

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेसनलले संशोधन गर्न लागिएको आर्थिक आयकर ऐनले कालो धनलाई वैध बनाउने बाटो खोल्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

‘विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा लगानीको स्रोत खोजिने छैन’ वाक्य राखेर संशोधन गर्न लागिएको भन्दै यसले कालो धनलाई वैधानिकता दिने  ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।

अर्थमन्त्री जनादर्न शर्माद्वारा संसदमा पेश भएको प्रस्तावले गैरकानुनी रुपमा मुलुकभित्र र बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तित्वहरुबाट भष्ट्रचार वा कर छली गरी लुकाइएको कालो धन वैध बनाउन सहयोग पुग्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्