ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा सञ्चालन

काठमाडौँ– ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बै‌ंकको सात वटै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा छन्।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्