एमाले स्थायी कमिटी बैठकबाट तीन प्रतिवेदन पारित

काठमाडौँ– आइतबारदेखि सुरु भएको नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली तीन वटा प्रतिवेदन पेश गरेका थिए। उनले  स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

अध्यक्ष ओलीले पेश गरेका प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले मौखक तथा लिखित रुपमा आफ्ना सुझावहरु प्रस्तुत गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार स्थायी कमिटी सदस्यहरुले दिएका सुझावहरु समेटेर असोज ८ र ९ गते बस्ने बैठकमा ती प्रतिवेदनहरु पेश हुनेछन्।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव समेटेर तीन वटै प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईले बताए।

बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यस्थापनको काम अघि बढाउने लगायतको निर्णय गरेको उनले बताए।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्