प्रदेश १ मा थप २१५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ का विभिन्न प्रयोगशालामा गरिएको ६ सय ९१ जनाको पीसीआर परीक्षणमा १ सय ७१ र २ सय जनाको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण देखिएको हो।

परीक्षणका क्रममा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

झापाको बिर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा समान १५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा समान ५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा समान ३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा समान १ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पहाडी क्षेत्रतर्फ इलामको इलाम नगरपालिका र चुलाचुलीमा समान १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा सोमबार २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी, संक्रमणमुक्त हुनेमा १ सय ३६ महिला र १ सय ४२ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्