माथिल्लो मुस्ताङमा भेटियो नयाँ चरा युरोपेली रोलर

काठमाडौँ – नेपालमा पहिलोपटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ ।

नयाँ प्रजातिको उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलोपटक नयाँ प्रजातिको चराको फोटो खिचेका थिए । दोस्रो दिन पनि पुनः उक्त चरा देखिएपछि उनले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाएको कोषले जनाएको छ ।

कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाएका थिए भने चराविदहरू डा‍. हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गरेका हुन् । पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्