डा. केसीको अगुवाईमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – अमेरिका पुगेका डा. गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन भएको छ । स्थानीय समय अनुसार सोमबार दिउँसो डा. केसीको अगुवाईमा प्रदर्शन भएको हो ।

विश्व शान्ति दिवसका अवसरमा विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा प्रदर्शन भएको जनाइएको छ ।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइएको छ ।

सोलिड्यारिटी फर डा. केसी एलाइन्सको आयोजनामा सो प्रदर्शन भएको हो।

मंगलबार पनि स्थानीय समय अनुसार दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुनेछ ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्