बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना हारबाट जोगिएको छ । अन्तिम समयको गोलले बार्सिलोनामा पराजित हुनबाट जोगिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि ९० औँ मिनेटमा रोनाल्ड अराउजोले बराबरी गोल गरेका हुन् ।

भ्रमण टोली ग्रानाडाले दोस्रो मिनेटमै कोन्टिन्हो मेनेसेस डुर्तेले गरेको गोलबाट सुरुवाति अग्रता लिएको थियो । बराबरीमा रोकिएको बार्सिलोना चार खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्