पुजोको सिट्रन सी ५ नेपाली बजारमा

काठमाडौँ – फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक बिक्रेता साँग्रीला मोटरले सिट्रनको बिक्री सुरु गरेको छ । सिट्र«न सी ५ एयरक्रस नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको हो।

सिट्रनकोे सोरुम थापाथलीमा राखिएको छ। यो सोरुम फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ । यो नेपालमा भएका अरु सोरुमको तुलनामा आफ्नै मौलिकतायुक्त छ ।

सिट्रन सी५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्र«न एस यू भी हो । सी५ एयरक्रस १.६ लिटर पेट्राेल इन्जीनले शक्ति प्रदान गर्दछ जसले १६५ एच.पि. को पावर र २४० एन.एम को टर्क प्रदान गर्दछ । सिट्रनको सबभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी रहेको कम्पनीको दाबी छ।

सी५ एयरक्रसको अग्रिम बुकिङ खुलिसकेको र हालको मूल्य १ करोड ३५ लाख निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।

यही कम्पनीको सिट्रन सी३ गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सी४ईभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउने कम्पनीले जनाएको छ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्