विभूषण पाउने तथा पार्सदहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले गर्‍यो सम्मानित

काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ द्वारा नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्नेे संघका सदस्यहरुलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल अडिटर एसोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरीक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बोलेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्धारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरिएको थियो ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्