४० किलो चाँदीसहित रौतहटबाट एक जना पक्राउ

वीरगञ्ज– ४० किलो चाँदीसहित मंगलबार बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

चाँदीसहित प्रहरीले सर्लाही मलंगवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो।

रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट आउँदै गरेका सोनारलाई चाँदीसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट दुई वटा झोलामा रहेको ४० किलो चाँदी बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता नारायण प्रसाद चिमरियाले जानकारी दिए।

बरामद गरिएको चाँदीको बजार मूल्य रु. ३९ लाख ४४ हजार रहेको उनले बताए। सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको चिमरियाले बताए।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्