सिंहदरबारमा जारी छ मन्त्रिपरिषद् बैठक

तस्बिर: रोशन सापकोटा/रासस

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार अपराह्न मन्त्रिपरिषद्‌को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका विविध पक्ष र मन्त्रालयका नियमित एजेन्डाबारे बैठकमा छलफल भइरहेको छ।

सरकार गठन भएको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न सकेका छैनन्।

मन्त्रिपरिषद्‌मा देउवासहित ५ जना मन्त्रीहरुमात्र सहभागी छन्।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्