इसेवा मनि ट्रान्स्फरले ल्यायो ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना

काठमाडौँ– इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिनेछ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउनु पर्नेछ। यस्तै इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ।

यस योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर, २ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ। यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्