नेकपा समाजवादीले थप्दै छ केन्द्रीय सदस्यहरु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो केन्द्रीय कमिटी विस्तार गर्ने भएको छ ।

राजधानीमा मंगलबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

समाजवादी पार्टीका हाल एक सय १२ जना सदस्य छन् ।

निर्वाचन आयोगले त्यसलाई सच्याएसँगै पार्टीले केन्द्रीय सदस्य थप्ने पाउने छ ।

बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ भने त्यसको निष्कर्ष बुधबार निस्कने केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

पार्टीको बैठक बुधबार पनि बस्ने खतिवडाले जानकारी दिए। बुधबारको बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उनको भनाइ छ।

आवधिक कार्ययोजना बनाइ तीनमहिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उनले बताए।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्