हङकङसँग गोलरहित बराबरीमा रोकियो नेपाली महिला फुटबल टोली

काठमाडौँ- एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँग गोलरहित बराबरीमा खेले‍को छ।

नतिजासँगै नेपाल छनोट चरणबाटै बाहिरिने पक्का भएको छ। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २-१ गोलले पराजित भएको थियो।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित हात पार्नै पर्ने दबाब थियो। तर उज्वेकिस्तानमा भएको खेलमा नेपालले गोल गर्न सकेन।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्