जम्मु–कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ।

अधिकारीहरुका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएका थिए।
उनीहरुलाई तत्काल हेलिकप्टरबाट बाहिर निकालेर अस्पताल लगिए पनि दुबै जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य देखिन्छ, जहाँ स्थानीयहरु पाइलटलाई बाहिर निकाल्ने प्रयास गरिरहेका देखिन्छन्। अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्