ओली सरकारका पालामा नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

तस्बिर: रोशन सापकोटा/रासस

काठमाडौँ— प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की।

सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक रुपमा राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए। ‘राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ,’  उनले भने।

भारतमा निलाम्बर आचार्य, चीनमा महेन्द्रबहादुर पाण्डे, अमेरिकामा युवराज खतिवडा, बेलायतमा लोकदर्शन रेग्मीलगायत राजदूतहरु सरकारको निर्णयसँगै फिर्ता हुनेछन्।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्