प्रदेश १ मा थप ३७३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ– प्रदेश १ मा गएको २४ घण्टामा ३ सय ७३ जनामा कोरोना संक्रमण भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३ सय २१ जनाको पीसीआर परीक्षणमा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षणमा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा १ सय ५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैंचामा समान ७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा समान ४, रतुवामाई, कटहरी र रंगेलीमा समान २, कानेपोखरी र लेटाङमा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि, झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा समान ११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा समान ७, बुद्धशान्ति र कमल गाउँपालिकामा समान ४, झापा गाउँपालिकामा २, गौरादह, बाह्रदशी र हल्दिबारीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा समान २, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि प्रदेशमा मंगलबार १ सय ८३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा ८३ महिला र १ सय जना पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा २ महिला र ५ पुरुष गरी कुल ७ जनाको मृत्यु भएको छ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्