बालुवाटारमा सत्ता गठबन्धकको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार/ फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेको बैठकमा सहभागी एक नेताले देशसञ्चारसँग बताए।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत राजनीतिक विषयहरुमा छलफल भइरहेको ती नेताले जानकारी दिए।

‘मन्त्रीहरुको नामहरुमाथि छलफल हुँदै छ,’ ती नेताले भने।

 

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्