पोखरा– कोरोना भाइरसको महामारीका कारण रोकिएको फेवा ताल किनारको आरती पुनः सुरु भएको छ। कोरोना संक्रमण केही घटेसँगै यही असोज १ गतेबाट आरती सुचारु भएको हो।

तालबाराही आरती सेवा समितिको नेतृत्वमा वि‍.सं. २०७५ असोज २४ गतेबाट आरती सुरु भएको थियो।

आरतीबाट भएको आम्दानी मानव सेवा आश्रमका लागि सहयोग गर्ने गरिएको समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिए।

जिल्ला प्रशासन कास्कीले असोज १ गतेबाट निषेधाज्ञा हटाएको थियो। प्रशासनको उक्त निर्णयसँगै आरती पुनः सुरु भएको हो।