उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्।

असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्।

दुई वर्षअघि २०७६ असार १३ गते महानिर्देशक बनेका पोखरेलले राजीनामा दिएस‌ँगै सरकार नयाँ महानिर्देशक नियुक्ति गर्ने तयारीमा जुटेको छ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्