स्वारेजले अन्त्यतिर गरेका दुई गोलले एथ्लेटिको मड्रिड विजयी

अन्तिम समयमा लुइस स्वारेजले गरेको दुई गोलको सहयोगमा पछि परेको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको गेटाफेसँगको खेलमा ओब्लाकले ४५ औँ मिनेटमा गरेको गोलबाट एथ्लेटिको मड्रिड पछि परेको थियो ।

एलन ७४ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली गेटाफे १० खेलाडीमा सीमित भयो । पछि परेको एथ्लेटिकोका लागि त्यसपछि स्वारेजले गोल गरेका हुन् ।

उनले ७८ औँ मिनेटमा बराबरी गोल गरे । ९० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिकोको जित निश्चित भएको हो । जितपछि शीर्ष स्थानमा पुगेको एथ्लेटिकोको ६ खेलबाट १४ अंक भएको छ ।

मंगलबार राति नै भएको खेलमा रायो भालेकानोले एथ्लेटिको बिल्बाओलाई २–१ तथा सेल्टा डी भिगोले लेभान्टेलाई २–० ले पराजित गरेका छन् ।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्