मेस्सीलाई घुँडाको चोटका कारण मैदान बाहिर बोलाइएको खुलासा

लियोनल मेस्सी चोटग्रस्त भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनोले बताएका छन् ।

आइतबार राति लियोनसँगको खेलको क्रममा उनले मेस्सीलाई मैदान बाहिर बोलाएका थिए । चोटकै कारण मेस्सीलाई बाहिर बोलाएको पोकेतिनोले बताएका छन् ।

तर मैदान छोड्ने बेला मेस्सी भने आक्रोशित देखिएका थिए । सो खेलमा लियोनलाई पिएसजीले पराजित गरेको थियो । मेस्सीको बायाँ घुँडामा समस्या देखिएको पोकेतिनोको भनाई छ ।

३४ वर्षका मेस्सीले बुधबार राति हुने मेट्जको खेल गुमाउने भएका छन् । यस्तै आउँदो हप्ता च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा उनी हुन–नहुने स्पष्ट भएको छैन ।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्