पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका ३ को मृत्यु

बुटवल – गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

पहिरोले रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एकतले पक्की घर पहिरोले पुरेको हो।

राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ वर्षीया गंगा परियार, १४ वर्षीया जमुना परियार र २१ वर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

पहिरोले पुरेको सूचना पाउनेबित्तिकै प्रहरी उपरीक्षक भट्टराईसहित प्रहरी टोली र नेपाली सेना घटनास्थल पुगेका थिए।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्